सपनाको दुनियाँ

sapanako duniya

सपनाको दुनियाँ त्यति खराब पनि छैन

हेरन,

तिमी संग मेरो भेट भैरहन्छ

तर तिमिलाइ थाहै हुन्न ।

 

मेरा सपनाहरू अत्ति नै सुन्दर छन

सपनामा फुल छन

सुगन्ध छ

हास्दै गरेका अनुहार हरु छन

खेल्दै गरेका बच्चाहरु छन

सुख छ

संगीत छ

अनि तिमिले मेरो हात समाएकी छौ ।

 

म रात रात उठेर तिमिलाइ

सम्झिन्छु

झस्किन्छु

ओल्टिन्छु

पल्टिन्छु

थाक्छु र आफै हारेर निदाउछु

अनि तिमी सपनामा आउछौ

फेरि तिम्रा सपनाहरूले पनि मलाई थकाइदिन्छन

मेरा सपना अनि बिपना तिमिले नै कब्जा गरेकी छौ ।

 

बिहान उठ्छु सोच्छु

तिमि मेरो अङ्गालोमा किन छैनौ

के भएको थियो तिमी र म बिच

हामी जिन्दगीका यात्राहरु किन

अलग अलग गर्न मजबुर भयौ ।

 

प्रिय,

म तिमिलाइ प्रेम गर्छु

बेहद प्रेम

मलाई लाग्छ म तिम्रै कारण छु

मेरो सपना, बिपना ,कल्पना हर आशामा

तिमी नै सामेल छौ

तिमी मेरो सपनामा मात्रै हैन

पुराना कुरा भुलेर

जिन्दगीमा पनि आउ

जुन दिन तिमी मेरो जिन्दगीमा आउछौ

त्यो दिन मेरो जिन्दगी कै ठूलो दिन हुनेछ ।

 

Share with your friends...

About the Author
Please Login to Comment.