मेरा शरीरका चोटहरू

mero sarirka chotharu

गाउँलेहरू चिता माथि सुतेको लासमा आगो लगाउँदै थिए

तब मृतकको सारा अस्तित्वहरू संसार बाट हराउँदै थिए

 

त्यो चितामा जल्दै गरेको अरू कोही थिएन हजुर

चिता माथि मेरा शरीरका अङ्ग भङ्गहरू सलबलाउँदै थिए

 

जब म जल्दै गरेको सुनेर आफन्त भनौदा मेरो करिब आए

तब तिनीहरू खुसीले नाच्दै चिच्याउँदै बर्बराउदै थिए

 

खरानी भइसकेपछि भने मलाई आनन्द महसुस भइरहेछ

पिडा त तब भो जब मेरा शरीरका चोटहरू चर्चराउँदै थिए

 

Share with your friends...

About the Author
Please Login to Comment.