म अपरिचित व्यक्ति
मैंले भनेको कुरा उसलाई झुठो लाग्न सक्छ
म १८ वर्ष को रोमान्स गर्दै हिड्ने केटा भनेर उसलाई मेरो कुरा नपत्याउँदो लाग्छ ।
हो, म परिचित छुइन ,
१८ वर्ष को रोमान्स गर्ने केटा हू
तर म १८ वर्षको भएँ पनि रात दिन खटेको छु ।
परिवार पलिरहेको छु ।
आफु गरीब भए पनि , आफ्नो त्यो दुःख लुकाएर
चट्ट सफा लुगा अनि मुस्कानमा साईकलमा चढी हिँडिरहेको छु ।
म आफ्नो भर आफै गर्छु
म आफ्नो काम आफै गर्छु
म न माग्छु , न मगन्ते भएर हिड्छु
म त सीप बोकी काम गरी हिड्छु
अनि आफ्नो मोल के हो त्यो पारिश्रमिक लिन्छु
म मै हो
म १८ वर्ष को ठिटो हूँ
म अपरिचित छु
मलाइ म अपरिचित भएको नै ठिक छ ।
मलाई कसैकाे कुरा काट्नु नी छैन
मलाई कसैको गुनासो नी गर्नु छैन
मलाइ म भएको नै ठीक छ
मलाइ हामी मा परिणत गर्नु छैन
म १८ को ठिटो हूँ।