केही मानिसहरू पूर्ण रूपले नमानेर आज्ञा
भोग्नुपरेको छ सबैलै बेरी बेरी निषेधाज्ञा
दोषी त हामी नै हो धेरै भेटियो उदाहरण
हुँदैन यो जगतमा केही पनि बिना कारण ।
सङ्कटकालले तोरने मात्र होइन
धेरैलाई बलियो नि बनाउछ
जो हरेक परिस्थितिसँग लड्न सक्छ
त्यसलाई समयले नि अपनाउँछ।
Struggle for existence भनेर
धेरैले आएको होलान् पढेर
त्यति सजिलो कहाँ छ र यो जिवन
यसलाई राम्रो बनाउनुपर्छ यो समय र
परिस्थिति संग लडेर।
आफ्नो जे कर्तव्य छ गर्दै गर
यो समय संग्संगै हिँड्दै गर
डटेर गर परिस्थितिको सामना
एकदिन अवश्य पुरा हुन्छ
मेहनतीको मनोकामना।