जननी जन्मभूमि विर्स्याई विदेश सम्झायौं सरकार
आफ्नै नागरिकको बेवास्ता गरी बेरोजगारी बनायौं सरकार
जति पढे पनि सीप सिके पनि धनी मानी लाई अगाडि बढायौं सरकार
न सिपको उचित प्रयोग भो न ज्ञानको
प्रयोग भो त केबल पैसाको
सरकारी अस्पताल खोलेऊ सरकार
तर डाक्टर को विरामी लाई मज्जाले जाँच्ने कुरा अनुगमन गरेनौ सरकार
नेपाल कृषि प्रदान देश भनेऊ सरकार तर
सिंचाइको व्यवस्था गरेनौ सरकार
राष्ट्रको ढुकुटी फोडेऊ सरकार तर जलस्रोतको धनी मेरो देशमा बिजुली उत्पादन गरी अरु देश मा बेच्न सकिने कुरा ध्यान दिएनौ सरकार
बाटो पुल बनायौं सरकार
तर ३० लाख लाई ५ लाख पारी काम चलाउ सडक बनायौं सरकार
जनता संग कर उठायौं सरकार तर
त्यो कर आफू आफै बाडी सक्यौ सरकार
युवा ले देश चलाउने ठाउँमा मर्न लागेको बुढो राखेऊ सरकार
गर्नु गरेउ सरकार
जनतालाई मार्यौ सरकार।