हुँदैनन् कोहि त्यस्ता
जो मलाई पनि मल जल गरि पाल्ने
बगैँचाको फुलको हेरचाह मालिले गर्छ होला
तर म निर्भर छुईन कसैमा,
म मा होसला छ आफैंलाई सम्हाल्ने
बाटोमुनिको फूल हु म
गर्नुपर्छ मलाई धेरै सङ्कटको सामना
मानिसहरुको साथ चाहिँदैन मलाई,
मेरो प्रकृति छ मेरो साथमा।
बगैँचाको फुलको पनि बेग्लै छ कहानी
राम्रो सँग फक्रिन पाएका हुँदैनन् र लुटिन्छ जवानी
यो भन्दा राम्रो त म बाटोमुनिको फूल
कोई आफन्त त हुँदैन चोट दिने।